ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य (मनिचेञ्जर तथा विप्रेषण कम्पनीबाहेक) संस्थाले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न तथा नवीकरण गर्न वार्षिक शुल्क कति लाग्छ ?

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य (मनिचेञ्जर तथा विप्रेषण कम्पनीबाहेक) संस्थाले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न तथा नवीकरण गर्न प्रत्येक कारोबार स्थानका लागि देहायबमोजिमका वार्षिक शुल्क लाग्छः
१. डिपार्टमेण्टल स्टोर÷सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलका लागि चार हजार रुपैयाँ मात्र ।
२. मुनाफा आर्जन गर्ने उद्देश्य भएका अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवम् सरकारी निकायः दुई हजार रुपैयाँ मात्र ।
३. क्यासिनोः एक लाख रुपैयाँ मात्र ।
४. आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलः पचास हजार रुपैयाँ मात्र ।