ड्राफ्ट/टि.टि. को माध्यमबाट सामान आयात गर्न सकिने सीमा कति रहेको छ ?

भारतबाहेकका तेस्रो मुलुकबाट हाल एक पटकमा अमेरिकी डलर ३५,००० (अमेरिकी डलर पैँतीस हजार) वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्मको तथा भारतबाट भा.रु. तीन करोडसम्मको सामानको आयातबापतको भुक्तानी ड्राफ्ट/टी.टी. को माध्यमबाट गर्न सकिन्छ ।