तलब तथा ज्यालादर सूचकाङ्क भनेको के हो ?
तलब तथा ज्याला सूचकाङ्कले श्रमको मूल्य (तलब तथा ज्याला) मा आएको परिवर्तन मापन गर्दछ । यस सूचकाङ्कको आधार वर्ष अद्यावधिक गरी २०८०/८१ कायम गरिएको छ । तलब तथा ज्याला सूचकाङ्क गणना गर्दा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका १,०२५ वटा नमूना संस्थाहरुबाट तथ्याङ्क सङ्कलन गरी सूचकाङ्क निर्माण गरिएको छ । यस सूचकाङ्कमा नेपालस्तरीय औद्योगिक वर्गीकरण (Nepal Standard Industrial Classification, NSIC) अन्तर्गत ११ वर्ग तथा नेपालस्तरीय पेसागत वर्गीकरण (Nepal Standard Classification of Occupations, NSCO) अन्तर्गत सबै वर्गहरू समावेश गरिएको छ ।
विस्तृत जानकारीका लागिः https://www.nrb.org.np/contents/uploads/2025/01/Final-SWRI-Report.pdf