विद्युत्तीय कार्डको माध्यमबाट कति रकम सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ?
विद्युतीय कार्डको प्रयोग गरी नगद झिक्ने अधिकतम सीमा देहायबमोजिम तोकिएको छः
जारी गर्ने संस्था | उपकरण | प्रतिकारोबार (रु.) | प्रतिदिन (रु.) | प्रतिमहिना (रु.) |
बैंक तथा वित्तीय संस्थाहरु | प्रिपेड कार्ड | १० हजार | २० हजार | २ लाख |
डेबिट कार्ड | २५ हजार | १ लाख | ४ लाख | |
क्रेडिट कार्ड | स्वीकृत सीमाको १० प्रतिशतसम्म | |||
बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरु | प्रिपेड कार्ड | – | 5 हजार | २५ हजार |
ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत सम्बन्धित व्यावसायिक फर्मको खातामा भुक्तानी गर्न सक्नेछन् ।