उपभोक्ता मुद्रास्फीतिलाई कसरी मापन गरिन्छ ?
उपभोक्ता मुद्रास्फीति (Inflation) को मापन उपभोक्ता मूल्य सूचकाङ्क (Consumer Price Index) को आधारमा गरिन्छ । सर्वप्रथम आधार वर्ष २०८०/८१ मा निर्धारण गरिएको उपभोक्ता डालो (CPI Basket) मा रहेका वस्तु तथा सेवाहरुको साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्ने गरिन्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकाङ्कमा आएको वार्षिक बिन्दुगत परिवर्तनको दरलाई नै मुद्रास्फीति भन्ने गरिन्छ । हाल कायम रहेको उपभोक्ता डालोमा ५२५ वटा वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । देशभरि ७७ जिल्लाका ८७ बजार केन्द्रबाट नियमित रुपमा मूल्य सङ्कलन गरी मुद्रास्फीति मापन गरिन्छ।
विस्तृत जानकारीका लागिः https://www.nrb.org.np/contents/uploads/2024/10/Technical_Note_CPI-_Nepal.pdf