ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीका लागि विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्रको अवधि कति रहेको छ ?

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीका लागि विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्रको अवधि देहायबमोजिम रहेको छ:
(क) ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीः बढीमा तीन वर्ष ।
(ख) क्यासिनो र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलः बढीमा एक वर्ष ।