ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र नवीकरण गर्ने के/कस्ता प्रक्रियाहरु छन् ?

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले तोकेबमोजिमको ढाँचामा निवेदनसाथ आवश्यक कागजात पेस गर्नुपर्दछ । यससम्बन्धी विस्तृत जानकारी नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा उल्लेख गरिएको छ । उक्त विनियमावली यस बैंकको वेबसाइट https://www.nrb.org.np मा समेत उपलब्ध छ ।