ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र समयमा नवीकरण नगराएमा के कति जरिवाना लाग्दछ ?

विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र समयमा नवीकरण नगराएमा देहाय बमोजिम जरिबाना लाग्छः
(क) ट्राभल÷ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीलाई म्याद समाप्त भएको मितिदेखि एक वर्षसम्मका लागि नवीकरण शुल्कका अतिरिक्त प्रत्येक महिनाको लागि नवीकरण शुल्कको दोब्बर रकम ।
(ख) क्यासिनो र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलसम्बन्धी विदेशी मुद्राको कारोबारको इजाजत म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि निवेदन दिएमा नवीकरण शुल्कको दोब्बर रकम ।