ग्राहक ऋणीको सम्पुर्ण कर्जा फाइल नेपाल राष्ट्र बैंक पठाउनु पर्दैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको लागि मात्र ग्राहक ऋणीसँग सम्बन्धित तोकिएका कागजात नेपाल राष्ट्र बैंक पठाउनु पर्दछ । बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने पुनरकर्जामा प्रत्येक ऋणीको छुट्टा छुट्टै कागजात नेपाल राष्ट्र बैंक पठाउनु पर्दैन ।

View More

पुनरकर्जाको अनुगमन नेपाल राष्ट्र बैंक पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ अनुसार नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्दछन् ।

View More

नेपाल राष्ट्र बैंकवाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा वापत पुनरकर्जा रकम प्रदान गरिने भएकोले पुनरकर्जा सुविधामा समावेश भएका ग्राहक ऋणीले ब्याजदरमा सहुलियत मात्र प्राप्त गर्दछन् । थप कर्जा रकम प्राप्त गर्दैनन् ।

View More

कोभिड-१९ को प्रभाव न्यूनीकरणको लागि मात्र पुनरकर्जाको व्यबस्था गरिएको होइन । कोभिड- १९ को महामारी सुरु हुनुभन्दा अघि पनि पुनरकर्जाको व्यवस्था थियो ।

View More

नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा र सहुलियतपुर्ण कर्जामा व्याज अनुदान एकै किसिमका सुविधा होइनन् ।

View More

पुनरकर्जाको लागि विद्यमान निर्देशन अनुसार ऋणीले आफ्नो व्यवसायमा कम्तीमा २० प्रतिशत पुँजी लगानी गरेको हुनु पर्दछ ।

View More

शाखा सञ्चालनमा आएको ६ महिनासम्म सो व्यवस्था अनिवार्य हुँदैन ।

View More

सहवित्तीयकरण कर्जाको हकमा Lead Bank मार्फत पुनरकर्जा प्राप्त गर्न सकिन्छ ।

View More

पुनरकर्जाको अवधि नसकिँदै पुनरकर्जाको सुविधा प्राप्त गर्ने ग्राहक ऋणीले चाहेमा आफ्नो कर्जा रकम चुक्ता गर्न सकिन्छ । यसरी रकम चुक्ता गर्दा पुनरकर्जा लिए वापत कुनै पनि किसिमको अतिरिक्त शुल्कहरू तिर्नु पर्दैन ।

View More

ग्राहक ऋणीको विश्लेषण गरी प्रदान गरिने पुनरकर्जाको लागि ३ वर्षको वित्तीय विवरण अनिवार्य रहेकाले सो प्रक्रियामार्फत हालसालै सञ्चालनमा आएका कम्पनीले पुनरकर्जा पाउने व्यवस्था छैन । तर, बैंकले विशेष परिस्थिति अनुसार हालसालै सञ्चालनमा आएका कम्पनीलाई लक्षित गरी पुनरकर्जाको लागि आवेदन आहृवान गरेमा त्यस्ता कम्पनीले पुनरकर्जा प्राप्त गर्न सक्नेछन् ।

View More