कारोबार/बिक्रिको रकम सोझै चालू पुँजी कर्जा खातामा जम्मा गर्न मिल्दैन । यस्तो रकम ऋणीको चल्ती खातामा जम्मा गर्नु पर्दछ । यसरी जम्मा भएको रकमबाट चालू पुँजी कर्जा खातामा रकमान्तर गरी कर्जा भुक्तानी गर्न सकिन्छ ।
View Moreचालूपुँजी कर्जाको रकमलाई ऋणीले व्यवसायसँग सम्बन्धित प्रशासनिक तथा संञ्चालन खर्चका लागि प्रयोग गर्न पाउँछन् । तर त्यस्तो भुक्तानी सौझै बैंक खातामा जम्मा हुने गरी गर्नुपर्छ ।
View Moreयस्ता व्यवसायले सञ्चालन खर्च एवं अनुमानित नगद तथा कोष प्रवाहका आधारमा चालू पुँजी कर्जा लिन मिल्ने व्यवस्था गरिएको छ । (थप विवरणका लागि मार्गदर्शनको बुँदा नं. ३.३ (ङ) )
View Moreऋणीको आवश्यकता अनुसार Ad Hoc कर्जा प्रदान गर्न मार्गदर्शनले कुनै सीमा तोकेको छैन । तर कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकसम्म बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले नै र सोभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी आकस्मिक प्रकृतिको बमजयअ कर्जा प्रदान गर्न सक्नेछ ।
View Moreऋणीलाई अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी बैक तथा वित्तीय संस्थाले आकस्मिक प्रकृतिको Ad Hoc चालू पुँजी कर्जा प्रदान गर्न सक्छन् ।
View Moreकर्जा रकम | कर्जाको सीमा | विशेष व्यवस्था |
---|---|---|
रु.१ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) | समग्र बैंकिङ्ग प्रणालीबाट कुल रु.१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने । बैंक तथा वित्तीय संस्थाको आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिअनुसार हुने | |
रु.२ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा रु.४ करोडसम्म) | Fluctuating Working Capital
अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतसम्म |
Fluctuating Working Capital
अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ५० प्रतिशतसम्म Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषणका आधारमा |
आवश्यकता अनुसार उपरोक्त सीमा भित्र रही Permanent Working Capital लिन सकिने | ||
रु.२ करोड भन्दा बढी (उत्पादनमुलक उद्योगको हकमा रु.४ करोड भन्दा बढी) | Fluctuating Working Capital
अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतसम्म |
Fluctuating Working Capital
अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतसम्म Operating Cycle, Cash Conversion Cycle, Days Sales Outstanding, Inventory Conversion Period, Lead Time, Accounts Payable Period आदिको विश्लेषणका आधारमा |
Permanent Working Capital
यसका लागि Fluctuating Working Capital को सीमा लागु नहुने कम्तीमा ३ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणका आधारमा तथा बैंक तथा वित्तीय संस्थाको आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिअनुसार |
View More
चालू पुँजी कर्जाको सीमा निर्धारण कम्पनी/फर्म/संस्थाको वार्षिक अनुमानित कारोबार तथा लेखा परीक्षण भएको वित्तीय विवरणका साथै बैंक तथा वित्तीय संस्थाले कर्जा नीतिमा तोकेको अन्य सूचकहरुको (जस्तै Drawing Power) आधारमा गरिन्छ ।
View Moreचेक जारी गर्दा व्यवसायसँग सम्बन्धित भुक्तनीका निम्ति सोझै खातामा जम्मा हुनेगरी मात्र चेक जारी गर्न मिल्छ । व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तर गर्न मिल्दैन ।
View Moreचालू पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाको मात्र चेक जारी गर्न मिल्छ । तर, व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तरण गर्न मिल्दैन ।
View Moreचालू पुँजी कर्जा सामान्यतया एक वर्षभन्दा कम अवधिको लागि प्रदान गरिन्छ । यद्यपी, Permanent Working Capital Need को लागि भने कम्तीमा तीन वर्ष र अधिकतम दश वर्षको आवधिक कर्जा प्रदान गरिन्छ ।
View More