ट्राभल/ट्रेकिंग, होटल,एयरलायन्स कार्गो तथा अन्य

विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र समयमा नवीकरण नगराएमा देहाय बमोजिम जरिबाना लाग्छः
(क) ट्राभल÷ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीलाई म्याद समाप्त भएको मितिदेखि एक वर्षसम्मका लागि नवीकरण शुल्कका अतिरिक्त प्रत्येक महिनाको लागि नवीकरण शुल्कको दोब्बर रकम ।
(ख) क्यासिनो र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलसम्बन्धी विदेशी मुद्राको कारोबारको इजाजत म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि निवेदन दिएमा नवीकरण शुल्कको दोब्बर रकम ।

View More

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले तोकेबमोजिमको ढाँचामा निवेदनसाथ आवश्यक कागजात पेस गर्नुपर्दछ । यससम्बन्धी विस्तृत जानकारी नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा उल्लेख गरिएको छ । उक्त विनियमावली यस बैंकको वेबसाइट https://www.nrb.org.np मा समेत उपलब्ध छ ।

View More

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीका लागि विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्रको अवधि देहायबमोजिम रहेको छ:
(क) ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीः बढीमा तीन वर्ष ।
(ख) क्यासिनो र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलः बढीमा एक वर्ष ।

View More

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य (मनिचेञ्जर तथा विप्रेषण कम्पनीबाहेक) संस्थाले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न तथा नवीकरण गर्न प्रत्येक कारोबार स्थानका लागि देहायबमोजिमका वार्षिक शुल्क लाग्छः
१. डिपार्टमेण्टल स्टोर÷सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलका लागि चार हजार रुपैयाँ मात्र ।
२. मुनाफा आर्जन गर्ने उद्देश्य भएका अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवम् सरकारी निकायः दुई हजार रुपैयाँ मात्र ।
३. क्यासिनोः एक लाख रुपैयाँ मात्र ।
४. आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलः पचास हजार रुपैयाँ मात्र ।

View More

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीले विदेशी विनिमय कारोबार गर्न नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ३ र ४ मा उल्लेख भएबमोजिमका प्रक्रिया पूरा गर्नुपर्दछ । उक्त विनियमावली यस बैंकको वेबसाइट https://www.nrb.org.np मा उपलब्ध छ ।

View More