Real Time Gross Settlement प्रणाली सम्बन्धमा

यदी बैंक तथा वित्तीय संस्थाहले लिएको दैनिक तरलता सुविधा सोही कार्यदिनमा चुक्ता नभएमा बाँकी रहेको रकमलार्इ ओभरनाइट तरलता सुविधाको रुपमा परिवर्तन गरी उक्त सुविधामा बैंक दरमा ब्याज गणाना गरिनेछ । यदि कायम रहेको ओभरनाइट तरलता सुविधाको रकम चुक्ता नगरी संस्थालार्इ थप सुविधा चाहिएको खण्डमा अघिल्लो कार्यदिनको ओभरनाइट तरलता सुविधामा थप एक प्रतिशत  र उक्त कार्यदिनको ओभरनाइट तरलता सुविधामा बैंक दरमा ब्याज गणाना गरी सुविधा उपलब्ध गराइनेछ ।

View More

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (प्रथम संशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र यस बैकको मौद्रिक व्यवस्थापन विभागमा धितोमा राखी सोको अधिकतम ९० प्रतिशतसम्म दैनिक तरलता सुविधाको सीमा कायम गरिनेछ । तर, दैनिक तरलता सुविधा सीमा सम्मको रकम ओभरनाइट तरलता सुविधाबापत प्रयोग गर्न सक्नेछन् ।

View More

ओभरनाइट तरलता सुविधा भन्नाले संस्थाले उपयोग गरेको दैनिक तरलता सुविधामध्ये सोही दिनको तोकिएको समय सीमाभित्र राफसाफ हुन बाँकी रहेको रकम तोकिएको ब्याजदरमा ओभरनाइट अवधिका लागि यस बैंकबाट उपलब्ध गराइएको सुविधालाई सम्झनुपर्दछ ।

View More

नेपाल राष्ट्र बैंकबाट सञ्चालन भएको Real Time Gross Settlement (RTGS) द्वारा कारोबार फछ्र्यौट हुने क्रममा RTGS Settlement Account मा मौज्दात अपुग भई तत्काल भुक्तानी हुन नसक्ने अवस्था आएमा सदस्य बैंक तथा वित्तीय संस्थालाई तत्काल आवश्यक पर्ने तरलता रकम नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने गर्दछ, यसरी नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालार्इ प्रदान गर्ने सुविधालार्इ दैनिक तरलता सुविधा भनिन्छ ।

View More

RTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानीसम्बन्धी आदेशसहितको विवरण खुलाई बुझाउनुपर्दछ । त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि तुरुन्त कारोबार सम्पन्न  हुन्छ ।

View More

यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइटमा https://www.nrb.org.np/departments/psd/ हेर्न सकिन्छ ।

View More

RTGS प्रणालीबाट रु.२ लाख वा सोभन्दा बढी जतिसुकै रकमको भुक्तानी गर्न सकिन्छ ।

View More

RTGS मार्फत गरेको कारोबारहरु तत्काल नै ग्राहकको खातामा जम्मा हुने गर्दछ भने ठुलो मूल्यको अन्य भुक्तानी उपकरणहरुबाट (जस्तै ECC, IPS) गरेको कारोबार तत्कालै ग्राहकको खातामा जम्मा नभई केही समय-अन्तरालमा हुने गर्दछ ।

View More

RTGS बारेमा थप जानकारी RTGS System Rules, 2019 बाट प्राप्त गर्न सकिन्छ । साथै, नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग, RTGS Operation Center (०१-४४२८२०२) मा सम्पर्क राखी थप जानकारी प्राप्त गर्न सकिन्छ ।

View More

RTGS प्रणालीमा सहभागी नहुने वित्तीय संस्थाहरूले यस प्रणालीको प्रत्यक्ष सदस्यको रुपमा रहेका सहभागी बैंकहरूमार्फत अप्रत्यक्ष सदस्यको रुपमा सहभागी भई कारोबार गर्न सक्छन् ।

View More