बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सरकारी ऋणपत्रको सुरक्षणमा खुला बजार कारोबारमार्फत तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।
View Moreनेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ ।
View Moreबैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा सापटी आदानप्रदान गर्दा प्रयोग हुने ब्याजदरलाई अन्तर बैंक ब्याजदर बुझिन्छ ।
View Moreअल्पकालीन तरलता व्यवस्थापनका लागि ग्राह्य सुरक्षणपत्रको धितोमा केन्द्रीय बैंकले तोकिएबमोजिमका संस्थाहरूलाई प्रदान गर्ने ऋण सुविधालाई स्थायी तरलता सुविधा भनिन्छ ।
View Moreबोलकबोल प्रक्रियाबाट निष्काशन हुने सरकारी ऋणपत्र (ट्रेजरी बिल तथा विकास ऋणपत्र) तथा मौद्रिक व्यवस्थापनका उपकरणहरू (रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरिद, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्र) को बोलकबोल हुने इलेक्ट्रोनिक माध्यम नै अनलाइन बोलकबोल प्रणाली हो ।
View Moreनेपाल राष्ट्र बैंकद्घारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।
View Moreसामान्यतया एक वर्षभित्र परिपक्व हुने उपकरणहरू खरिद बिक्री हुने बजारलाई मुद्रा बजार भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानी गर्ने र सापटी लिने अवसर प्रदान गर्दछ ।
View Moreकेन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।
View Moreनेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको अध्यक्षतामा गठित ‘खुला बजार कारोबार सञ्चालन समिति’ले खुला बजार कारोबार सञ्चालन गर्दछ । यसको अतिरिक्त बैकको मौद्रिक व्यवस्थापन विभागले समेत खुला बजार कारोबार सञ्चालन गर्दछ ।
View Moreबैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह / प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।
View More